प्रदेश–१ सरकारको कोरोना नियन्त्रणको अनौठो अभियान

Newslaya Home

प्रदेश–१ सरकारको कोरोना नियन्त्रणको अनौठो अभियान

आइतबार ०४, असोज २०७७

विराटनगर । प्रदेश एक सरकारले कोरोना नियन्त्रणको लागि अनौठो अभियान सुरु गर्ने भएको छ । दुई डल्ला साबुन घरघर पुर्याउने अभियान थाल्ने भएको हो ।

दुई डल्ला साबुन, मास्क, सेनेटाइजरसहित शिक्षकलाई घरघर पठाउन लागेको हो । यी सामानहरु लिएर २१ दिन घरमै बस्न आग्रह गरिनेछ । झापा, मोरङ र सुनसरी जिल्लामा विशेष अभियान सञ्चालन गर्ने तयारी सरकार जुटेको हो ।

कोरोनाको संक्रमण दिनहुँ बढिरहँदा जनतालाई सचेत गराउने र स्वास्थ्य संवेदनशिलताका बारेमा जानकारी गराउने योजना बनाएको कार्यविधिमा उल्लेख छ।

अभियानमा खटिने शिक्षकलाई दिनको २ सय रुपैयाँको दरले खाजा खर्च दिने व्यवस्था पनि गरिएको छ। प्रदेश सरकारले स्थानीय तहहरुमा खाजा खर्च उपलव्ध गराउने र स्थानीय तहमार्फत वितरण गर्ने गरी कार्यविधि तय गरेको छ। प्रदेशका १४ वटै जिल्लामा क्रमश अभियानलाई विस्तार गर्ने भनिएको छ। अभियान सञ्चालनका लागि २ करोड ८५ लाख रुपैयाँ खर्च हुने प्रदेश सरकारले अनुमान गरेको छ।