प्रदेश १ का मुख्यमन्त्रीलाई पति बताउने बालिका खड्का प्रहरी हिरासतमा

Newslaya Home

प्रदेश १ का मुख्यमन्त्रीलाई पति बताउने बालिका खड्का प्रहरी हिरासतमा

आइतबार ०४, असोज २०७७

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति बताउने बालिका खड्कालाई प्रहरीले हिरासतमा लिएको छ ।

नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उनलाई नियन्त्रणमा लिइएको हो ।

स्थानीयका अनुसार नेकपा सचिवालय बैठक सुरु भइरहेका बेला उनी ‘नेताहरुलाई झापड हान्छु’ भन्दै कार्यालय पस्‍न खोजेकी थिइन् । गत बिहीबार उनले पति दाबी गर्दै प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध हालेको मुद्दा फिर्ता लिएकी थिइन् । मुद्दा फिर्ता लिए पनि पुरानै शैली देखाउन थालेकी हुन् ।