संविधान दिवसको अवसरमा झुम्का कारागारका १६ जना कैदी छुटे

Newslaya Home

संविधान दिवसको अवसरमा झुम्का कारागारका १६ जना कैदी छुटे

आइतबार ०४, असोज २०७७

धरान । संविधान दिवसको अवसरमा झुम्का कारागारका १६ जना सहित प्रदेश नं. १ का ६८ जना कैदीले माफी मिनाहा पाएका छन् । झुम्का कारागारबाट २० जनालाई सिफारिस गरिएका मध्ये १६ जनाले माफिमिनाहा पाएको कारागारका जेलर अनिल खनालले जानकारी दिए ।

कारागारमा कैद भुक्तान गरिरहँदा उनीहरूले अनुशासन र चालचलनको आधारमा दसैँ, तिहार , संविधान दिवस , र गणतन्त्र दिवसको अवसरमा कारागारबाट माफी मिनाहाका लागि सिफारिस गरिन्छ ।

नेपाल सरकारको मन्त्री परिषद्को निर्णयले राष्ट्रपतिबाट ५० प्रतिशत छुट दिएर माफी मिनाहा गरिन्छ । ५० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी ५० प्रतिशत कैद कट्टा गरेर संविधान दिवसको अवसरमा नेपालमा २ सय ८९ जनालाई माफी मिनाहा गरिएको जनाइएको छ ।