लागू औषधसहित झापाका दुई जना पक्राउ

Newslaya Home

लागू औषधसहित झापाका दुई जना पक्राउ

आइतबार ०४, असोज २०७७

विराटनगर । झापाको गौरदह–९ बाट लागू औषधसहित दुई जना प्रकाउ परेका छन्।

पक्राउ पर्नेमा गौरदह–३ का २२ वर्षीय राजेश महतो र सोही स्थानका २७ वर्षीय प्रमानन्द राजवंशी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरुलाई प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटीएको टोलीले पक्राउ गरेको थियो। मोटरसाइकलमा आएका दुवै जनालाई शनिवार राती नियन्त्रणमा लिएको हो।

उनीहरुलाई चेक जाँच गर्दा १५० बोतल ईस्कफ लागू औषध बरामाद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

ईलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडि बढाइएको छ।