युथ अफ खनारद्वारा विपन्न तथा अशक्त परिवारलाई दोस्रो चरणको खाद्यान्न सामग्री वितरण

Newslaya Home

युथ अफ खनारद्वारा विपन्न तथा अशक्त परिवारलाई दोस्रो चरणको खाद्यान्न सामग्री वितरण

आइतबार ०४, असोज २०७७

इटहरी । इटहरीस्थित खनारका युवाहरुले दोस्रो चरण अन्तर्गत २५ जना विपन्न तथा अशक्त परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।

युथ अफ खनारले शनिबार दोस्रो चरण अन्तर्गत २५ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको युथ अफ खनारका संयोजक पिन्टु शाहले जानकारी दिए । उनका अनुसार इटहरी वडा नं.१०, ११, १२ र १३ मा रहेका अपाङ्ग, अशक्त, जेष्ठ नागरीक र अति विपन्न परिवारलाई उनीहरुकै घरघरमा पुगेर खाद्यान्न वितरण गरिएको हो ।

जस अन्तर्गत वडा नं.१३ का ३ जना अपाङ्गता भएका परिवार र ८ जना विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको उनले बताए । यसैगरी वडा नं.१२ मा १ टुहुरो परिवार, १ कोरोना संक्रमित, १ क्यानसर पिडित, १ अपाङ्ग र २ एकल महिला गरि ७ जना परिवारलाई खाद्यान्न वितरण गरिएको संस्थाका सहसंयोजक जेनिश दाहालले जानकारी दिए । साथै इटहरी वडा नं. १० र ११ का ३ एकल महिला, १ अपाङ्ग र ३ जना विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको उनले बताए ।

खाद्यान्न प्याकेज अन्तर्गत २५ केजी चामल, १ केजी नुन, २ केजी दाल, १ लिटर तेल, आधि केजी सोयबीन, २ वटा साबुन वितरण गरिएको हो ।

युथ अफ खनारले यसअघि पनि पहिलो चरण अन्तर्गत १४ जना विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकेको छ भने निःशुल्क मास्क बैंक पनि सञ्चालनमा ल्याएको छ । अगामी दिनमा पनि युथ अफ खनारले निरन्तर विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्ने सहसंयोजक दाहालले बताए ।