सुन्दरहरैंचाको कल्भर्टमा एक पुरुषको शव फेला

Newslaya Home

सुन्दरहरैंचाको कल्भर्टमा एक पुरुषको शव फेला

आइतबार ०४, असोज २०७७

इटहरी । मोरङको सुन्दरहरैंचा–५ स्थित कल्भर्टको पानीमा डुबेको अवस्था आइतबार(आज) बिहान एक पुरुषको शव फेला परेको छ ।

५८ वर्षीय मनकुमार तामाङलाई स्थानीयले डुबेर मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनी शनिबारदेखि परिवारको सम्पर्कमा नरहेको जानइएको छ ।

तामाङ प्राय मादक पदार्थ सेवन गरेर हिँड्ने गरेको स्थानीयले प्रहरीलाई बताएका छन् । मापसे गरेर लडेका कारण उठ्न नसक्दा कल्भर्टको पानीमा डुबेर उनको मृत्यु भएको हुुन सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।