इटहरी ४ मा वडास्तरीय स्वास्थ्य भवन बन्दै

Newslaya Home

इटहरी ४ मा वडास्तरीय स्वास्थ्य भवन बन्दै

आइतबार ०४, असोज २०७७

इटहरी । इटहरी ४ मा वडास्तरीय स्वास्थ्य इकाई भवन शिलान्यास गरिएको छ ।

आइतबार मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

२८ लाख ६८ हजार रुपैयाको लागतमा बन्न लागेको भवन निर्माणको लागि डिआरए कन्स्ट्रक्सनले जिम्मा लिएको वडासचिव प्रोक्षण पोख्रेलले जानकारी दिए ।

भवनबाट वडाको लागि आधारभुत स्वास्थ्य सेवा उपलब्ध हुने सभापति एवं वडा नं. ४ का वडाध्यक्ष चन्द्र भट्टराईले बताए । उनले वडास्तरमा स्वास्थ्य सेवाको विस्तारबाट सर्वसाधारणले लाभ पाउने विश्वास व्यक्त गरे ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि सोअघि नै निर्माण सक्ने निर्माण कम्पनिले प्रतिबद्धता निर्माण कम्पनिले जनाएको छ । जनप्रतिनिधि आएपछि स्थापना भएको यस्तो स्वास्थ्य ईकाइ पहिलो हो ।

शिलान्यासपछि बोल्दै मेयर चौधरी र उपमेयर गौतमले इटहरी उपमहानगरपालिका स्वास्थ्य सेवामा नगरवासीको पहुँचका लागि क्रियाशील रहेको बताएका थिए ।