नेपाली कांग्रेस सुनसरी क्षेत्र नं.४ द्वारा क्षेत्र भरीका वडा सभापतिहरुलाई प्रशिक्षण प्रदान

Newslaya Home

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं.४ द्वारा क्षेत्र भरीका वडा सभापतिहरुलाई प्रशिक्षण प्रदान

शनिबार ०३, असोज २०७७

सुनसरी । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं.४ ले क्षेत्र भरीका वडाअध्यक्षहरुलाई आज लौकहीमा प्रशिक्षण कार्यक्रम दिएको छ । १४ औँ महाधिवेसनलाई लक्षित गरेर नेपाली कांग्रेसको विदान २०१७ को संशोधित विधान २०७५ को विधानको बारेमा क्षेत्र नं.४ का वडा सभापतिहरुलाई लौकीमा एक कार्यक्रमको आयोजना गरी प्रशिक्षण दिइएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षण विभागका केन्द्रीय सदस्य विरेन्द्र शाहले सहजीकरण गरेका थिए । प्रशिक्षण सुनसरी जिल्लाको १२४ वटै वडामा प्रशिक्षण दिने समेत जनाइएको छ । नेपाली कांग्रेसको संशोधित २०७५ विधान अनुसार टोल तह, वडा तह, पालिका तह, प्रदेश तह, प्रतिनिधि सभा तह, जिल्ला तर र केन्द्रिय तहमा कसरी प्रतिनिधि छान्ने भन्ने विषयमा विरेन्द्र शाहले सहजीकरण गरेका थिए । उनले कांग्रेसको विधान अनुसार प्रतिनिधि छान्ने भएकाले प्रशिक्षणको आयोजना गरेको समेत जनाएका छन् ।

उक्त प्रशिक्षणमा क्षेत्र नं. ४ का सभापति ऎयुब अन्सारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेसका हरिलाल मेहेता, कांग्रेसका जिल्ला कोषाध्यक्ष पंकज महतो, क्षेत्र नं.४ क ब्लकको क्षेत्रीय सभापति उपेन्द्र कटुवाल ४ ख ब्लकको हारुन अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिका, भोक्रा नर्सिङ गाउपालिका, कोशि गाउपालिका लगायतका कांग्रेसका वडाअध्यक्ष र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।