संविधान दिवसको अवसरमा नेकपा विद्यार्थीद्वारा सरसफाइ तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

Newslaya Home

संविधान दिवसको अवसरमा नेकपा विद्यार्थीद्वारा सरसफाइ तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

शनिबार ०३, असोज २०७७

बराहक्षेत्र । संविधान दिवसको अवसर पारेर आज नेकपा संबद्ध युवा तथा विद्यार्थी समूहद्वारा बराहक्षेत्र–१० मा सरसफाइ तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवसकै अवसर पारेर युवा विद्यार्थीहरुलाई आजै प्रकाशपुरमा प्रशिक्षण कार्यक्रम समेत गरेको युवा विद्यार्थी नेता आकाश तामाङले जानकारी दिए ।

बराक्षेत्र ९ र १० का ७० जना युवाहरुलाई जिल्ला सदस्य तथा बराहक्षेत्र इन्चार्ज केशव तिम्सिनाले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा प्रदेश नेता नरेन्द्र बस्नेतले युवाहरुलाई पछि नहट्न र आफ्नो काम जिम्मेवारी पुर्वक गर्न सुझएका थिए । कार्यक्रममा परशुराम आचार्य, दिपक लिम्बू, राम प्रकाश कोइराला लगायतले बोलेका थिए ।

सोही कार्यक्रममा प्रकाशपुर १० का नेकपा अध्यक्ष मणि तामाङ र सुनसरी, काठमाडौं समन्वय मञ्चका अध्यक्ष रमेश विष्टले समेत सहयोग गरेका थिए ।

आजै विद्यार्थीहरुले प्रकाशपुरका विभिन्न ठाउँ सरसफाइ गर्नुका साथै प्रकाशपुर बजारमा साँझ दीप प्रज्वलन गरी संविधान दिवस मनाएको विद्यार्थी नेता आकाश तामाङले जानकारी दिए ।