संविधान दिवसको उपलक्ष्यमा प्रदेश प्रमुख प्यासीद्धारा शुभकामना प्रदान

Newslaya Home

संविधान दिवसको उपलक्ष्यमा प्रदेश प्रमुख प्यासीद्धारा शुभकामना प्रदान

शनिबार ०३, असोज २०७७

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश प्रदान गरेका छन् ।

शनिबार एक शुभकामना सन्देश जारी गरि मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस् भन्ने शुभकामना सहित प्रदेश प्रमुख प्यासीले प्रदेशबासी तथा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरुको उत्तरोत्तर प्रगति, उन्नति, सुस्वास्थ्य दीर्घायूको कामना गरेका हुन् ।