संविधान दिवसको अवसरमा विराटनगरमा दीप प्रज्ज्वलन

Newslaya Home

संविधान दिवसको अवसरमा विराटनगरमा दीप प्रज्ज्वलन

शनिबार ०३, असोज २०७७

विराटनगर । संविधान दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी मोरङले दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार विराटनगरस्थित पन्चमुखी हनुमान मन्दिर अघि राखिएको उक्त कार्यक्रममा युवाहरुले दीप बालेर शुभकामना साटासाट गरेका थिए ।

कार्यक्रममा नेकपा का नेता एवम् युवा संघका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।