राष्ट्रिय युवा संघद्धारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन

Newslaya Home

राष्ट्रिय युवा संघद्धारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन

शनिबार ०३, असोज २०७७

लेटाङ । संविधान दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटीले दीप प्रज्ज्वलन गरेको छ ।

शनिबार लेटाङ–६ स्थित सुकेचौरी चौकमा आयोजित उक्त कार्यक्रममा युवाहरुले दीप बालेर संविधान दिवसको शुभकामना साटासाट गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता एवम् युवा संघका नगर कमिटीका युवाहरुको उपस्थिति रहेको थियो ।