इटहरी सिटी लियो क्लबद्वारा योगा प्रशिक्षण तथा खेलकुद सामग्री वितरण

Newslaya Home

इटहरी सिटी लियो क्लबद्वारा योगा प्रशिक्षण तथा खेलकुद सामग्री वितरण

शनिबार ०३, असोज २०७७

इटहरी । इटहरी सिटी लियो क्लबले १ दिने योगा र खानपिन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

वोइस ओफ चिल्ड्रेन इटहरीमा सम्पन्न कार्यक्रममा २४ बालबालिकालाई खाजा वितरण गरि योगा तथा ध्यान सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

इन्टरनेसनल मेगा टुइनिङ्ग प्रोजेक्ट हंगर रिलिफ २.० अन्तर्गत लियो मल्टिपल डिस्ट्रिक काउन्सिल बंगलादेशको आयोजनामा १६ देश को २९६ क्लबले ११ सेप्तेम्बेर देखि १८ सेप्तेम्बेर सम्म विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।

योगा र ध्यानले शरिर र मन दुवैलाई स्वस्थ राख्ने र यो महामारीको बेला येस्तो कार्यक्रम गर्न पाउदा खुसी लागेको कार्यक्रम संयोजक लियो राजा श्रेष्ठले बताए ।

उक्त कार्यक्रमले थोरै भएपनि वोइस ओफ चिल्ड्रेन इटहरीका बालबालिकालाई सकारात्मक सोच र खुसी मिलेकोमा मन आनन्दित भएको लियो क्लबका अधक्ष्य लियो सफल पौडेलले जानकारी दिए ।

साथै लियो क्लबले भिभिन्न खेलकुदका सामग्री पनि वितरण गरेको थियो । यो कार्यक्रममा आर्ट अफ लिविंग इटहरीको बिसेस साथ र सहयोग रहेको थियो ।