नेपालमा थप १ हजार २०४ जनामा कोरोना पुष्टि, १,४४७ डिस्चार्ज

Newslaya Home

नेपालमा थप १ हजार २०४ जनामा कोरोना पुष्टि, १,४४७ डिस्चार्ज

शनिबार ०३, असोज २०७७

काठमाडौं । नेपालमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

हाल सम्म देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १० हजार ३३३ पीसीआर परीक्षण भएसँगै नेपालमा अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ४ हजार ७०६ पुगेको छ ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप १ हजार ४४७ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।