हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

Newslaya Home

हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

शनिबार ०३, असोज २०७७

भोजपुर । हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ ।

हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे निधन भएको हो । भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारका लागि भर्ना गरिएकी उनमा जन्डिस र रक्तचापको कमी देखिएको थियो ।

स्वास्थ्य केन्द्रको सिफारिसमा असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार राति ३ बजे चिकित्सकले मृत घोषणा गरेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम थुलुङ राईले बताए ।

राईको पार्थिव शरीर भोजपुर ल्याउन यतिबेला गाउँ कार्यपालिकाको आकस्मिक बैठक चलिरहेको अध्यक्ष राईले बताए ।