बुटवलमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

Newslaya Home

बुटवलमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

शनिबार ०३, असोज २०७७

काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१० का ६९ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए ।

उनी भदौ २२ गते अस्पतालमा भर्ना भएका थिए भने २२ गतेदेखी आईसियुमा राखेर उपचार गर्दैगर्दा आज मृत्यु भएको छ ।