ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकलाई कोरोना पुष्टि

Newslaya Home

ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकलाई कोरोना पुष्टि

शुक्रबार ०२, असोज २०७७

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मन्त्री पुनका अंगरक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

अंगरक्षकमा कोरोना पुष्टि भएपनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने प्रेस संयोजक भट्टले जानकारी दिए ।