बराहक्षेत्रमा १२ जनामा देखियो कोरोना पोजेटिभ

Newslaya Home

बराहक्षेत्रमा १२ जनामा देखियो कोरोना पोजेटिभ

शुक्रबार ०२, असोज २०७७

प्रकाशपुर । बराहक्षेत्र नगरपालिकामा १२ जनामा कोरोना पोजेटीभ देखिएको छ ।

गत बुधवार २० जनाको पिसिआर परीक्षण गरिएकोमा १२ जनालाई कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिए । मेहताका अनुसार होम क्वारेन्टाइनमा बसेका ३ जना र मधुवन क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएको सबैलाई चतरास्थित आइसोलेसनमा पठाएको उमेशले बताए । मधुवन क्वारेन्टाइनमा २ जना मात्रै रहेको निरीक्षक मेहताले बताए ।