संविधान दिवसको अवसरमा २८९ जनाको कैद मिनाह

Newslaya Home

संविधान दिवसको अवसरमा २८९ जनाको कैद मिनाह

शुक्रबार ०२, असोज २०७७

काठमाडौं । संविधान दिवसको अवसरमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका २८९ जना कैदी बन्दीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाहा तथा माफी गरिदिएकी छिन् ।

मन्त्रिपरिषद्को सिफारितमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्वाहाम्फेसहित २८९ जनाले माफी पाएका हुन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा)नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नुपर्छ ।

यस्तै, राम दयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद र जरिवानसमेत माफी गरिएको छ ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७६ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।