कुलमानलाई पुनः नियुक्तीको माग गर्दै इटहरीमा आज प्रर्दशन

Newslaya Home

कुलमानलाई पुनः नियुक्तीको माग गर्दै इटहरीमा आज प्रर्दशन

शुक्रबार ०२, असोज २०७७

इटहरी । सुनसरीको इटहरीमा नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुःन नियुक्तीको माग गर्दै प्रर्दशन गरिएको छ ।

घिसिङलाई सोही पदमा नियुक्तीको माग राख्दै घिसिङको समर्थनमा इटहरी चोकमा शान्तिपूर्ण प्रर्दशन गरिएको हो । सरकारले कुलमानलाई पुन नियुक्ती दिनुको विकल्प नरहेको साझा युवा संगठन प्रदेश नं. १ संयोजक सरोज नेपालले बताए ।

लोडसेडिङको अवस्था आउँदैन भन्न नसकिने भएकाले कुलमानलाई पुन जिम्मेवारी दिन आफुहरुको माग रहेको साझा पार्टी सुनसरी जिल्ला संयोजक राम गिरीले उल्लेख गरे ।