शुक्रबार १२ महिला सहित सुनसरीका ५६ जनामा कोरोना पुष्टि

Newslaya Home

शुक्रबार १२ महिला सहित सुनसरीका ५६ जनामा कोरोना पुष्टि

शुक्रबार ०२, असोज २०७७

इटहरी । सुनसरीमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १२ महिला र ४४ पुरुष गरि ५६ जनामा कोरोना रिपोर्ट पोजटिभ आएको हो ।

थपिएका संक्रमितहरु इटहरीमा ७ महिला २५ पुरुष, बराहक्षेत्रमा २ महिला १० पुरुष, धरानमा १ महिला ८ पुरुष, इनरुवामा १ महिला १ पुरुष, हरिनगरमा १ महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।