इटहरीमा आज थपिए ३४ कोरोना संक्रमित, कुल संख्या ३९९ पुग्यो

Newslaya Home

इटहरीमा आज थपिए ३४ कोरोना संक्रमित, कुल संख्या ३९९ पुग्यो

शुक्रबार ०२, असोज २०७७

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भदौ ३१ गते संकलन गरिएको स्वाब मध्ये इटहरी २ का २ जना ३५ र ४२ वर्षिय महिला, इटहरी ५ का ७ जना १४, ३४, २५ वर्षिय पुरुष र ५, ९, ३७, ४८ वर्षिय महिला, इटहरी ६ का १ जना ३६ वर्षिय पुरुष, इटहरी ९ का १ जना ७३ वर्षिय पुरुष, इटहरी १० का २ जना ३२ र ५१ वर्षिय पुरुष, इटहरी १२ का २ जना ४२, ४८ वर्षिय पुरुष, इटहरी १३ का १ जना ४४ वर्षिय महिला, इटहरी १६ का २ जना १२, १८ वर्षिय पुरुष, इटहरी २० का ५ जना १३ वर्षिय महिला र ७, ८, २०, ४० वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

त्यसैगरी झुम्का कारागारका ४ जना ३०, ४२, ४५, ६५ वर्षिय पुरुष, इ.प्र.का. इटहरी का २ जना २७, ३३ वर्षिय पुरुष र कोशी अस्पतालमा आफै परिक्षण गरेका इटहरी ४ का १ जना २२ वर्षिय पुरुष, इटहरी ५ का १ जना २७ वर्षिय महिला, इटहरी ११ का १ जना २७ वर्षिय महिला, इटहरी १२ का १ जना ३८ वर्षिय महिला र इटहरी १३ का १ जना ५० वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

इटहरीमा हाल सम्म संक्रमण पुष्टि हुनेको संख्या ३९९ पुगेको छ ।