धरानमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला

Newslaya Home

धरानमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला

शुक्रबार ०२, असोज २०७७

धरान । सुनसरीको धरान स्थित झुण्डिएको अवस्थामा एक युवती मृत फेल परेकी छिन् ।

धरान १६ स्थित जोरसुवामा मामल बस्दै आएकी २२ बर्षीया अप्सना परियार कोठा भित्र पङ्खामा सलको पासो लगाइ झुण्डिएको अवस्थामा बिहीबार राती मृत फेला परेकी हुन् ।

मृतक युवती मामली हजुरबुबा, हजुरआमा संग बस्दै आएकी थिइन्, आमापनि नजिकै बस्ने भएकोले साझमा खाना खान हजुरबुबा, हजुरआमा आमाको घर गएको र फर्किदा अप्सरा झुन्डिएको अवस्थामा भेटिएको बताइएको छ ।

घटना मुचुल्का गरेर शव पोष्टमार्टमको लागि लगिएको तथा घटना सम्बन्धी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।