सप्तरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

Newslaya Home

सप्तरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

शुक्रबार ०२, असोज २०७७

सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सप्तरीको सुरुड्गा–१ तिनकुने शिशवारी चौकमा गोरुगाढामा प्रदेश २–०१–००१ ह ०४०२ नम्बरको अटो ठोक्किएर बिहिबार बेलुका भएको दुर्घटनामा अटोमा सवार उदयपुर त्रियुगा –६ का ५५ वर्षीय पूर्णबहादुर बस्नेतको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका गोरुगाढामा सवार दुई जनाको सोही अस्पतालमा र अटोमा सवार अन्य तीन जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ।