बालिकालाई बलात्कार गर्ने उदयपुरका राईलाई १२ वर्ष कैद

Newslaya Home

बालिकालाई बलात्कार गर्ने उदयपुरका राईलाई १२ वर्ष कैद

शुक्रबार ०२, असोज २०७७

उदयपुर । बालिका बलात्कार आरोपमा पक्राउ परी थुनामा रहेका एक युवालाई जिल्ला अदातल उदयपुरले १२ वर्ष कैद सजाय तोकेका छ ।

जिल्ला अदालत उदयपुरको इजालसले बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रौतामाई गाउँपालिका– ३ का २४ वर्षीय भविन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला गरेको हो ।

बालिका बलात्कार अभियोगमा राई गत २०७६ कात्तिक १४ गते पक्राउ परेका थिए । उनी माथि कात्तिक ८ गते घरको मतानमा सुति रहेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो ।