झापामा हात्ती धपाउन घरेलु बन्दुकको प्रयोग

Newslaya Home

झापामा हात्ती धपाउन घरेलु बन्दुकको प्रयोग

शुक्रबार ०२, असोज २०७७

झापा । झापामा जङ्गली हात्ती धपाउन घरेलु प्रविधिको बन्दुकको प्रयोग बढेको छ ।

क्याल्सियम कार्बाइड प्रयोग गरेर पड्काइने बन्दुकको प्रयोग बढेको हो । भद्रपुर–२ का अनिल प्रधान र विर्तामोड–६ का रोहित लिम्बूले हात्ती धपाउने नयाँ प्रविधिको घरेलु बन्दुकको निर्माण गर्दै आउएका छन् । जिल्ला वन कार्यालय झापाले समेत यसको प्रयोग गर्दै आएको छ ।

प्लास्टिकको ठूलो आकारको पाइप, क्याल्सियम कार्बाइड, सुपरग्लु, फलामको काँटीलगायतका सामग्रीले निर्मित बन्दुकबाट निस्कने आवाजले हात्ती भाग्ने गरेका छनु् । बन्दुक पड्काउदा पड्काउने व्यक्ति र हात्तीको शारीरमा कुनै क्षति नहुने जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

जिल्ला वन कार्यालय झापाले जङ्गली जनावर धपाउन यस्तो प्रविधिको बन्दुकको प्रयोग हुँदै आएको बताएको छ । बाँदर धपाउन धेरै पहिलेदेखि यस्तो प्रविधिको सफल प्रयोग हुँदै आएको छ ।

जङ्गली हात्तीको आतङ्क खेप्दै आएका भद्रपुर, हल्दिबारी, विर्तामोडलगायतका क्षेत्रमा हात्ती धपाउन कतिपय वडा कार्यालय र सामुदायिक वन कार्यालयले टोलहरुमा यस्तो बन्दुक बाँड्न थालेका छन् ।