मोटरसाइकलको ठक्करबाट बेलबारीका दाहालको मृत्यु

Newslaya Home

मोटरसाइकलको ठक्करबाट बेलबारीका दाहालको मृत्यु

शुक्रबार ०२, असोज २०७७

विराटनगर । मोरङको बेलबारी–१० डाँगीहाटमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

शुक्रबार(आज) बिहान को १७ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बेलबारी–१० का ५० वर्षीय शम्भु दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

साइकलमा पूर्वतर्फ जाँदै गरेका दाहाल दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बीपी प्रतिष्ठान धरान पुर्‍याएको केही बेरमै उनको मृत्यु भएको जनाइएको छ । मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–९ का उमेश भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।