सुनसरीमा आज ३७ जना कोरोना सङ्क्रमित थपिए

Newslaya Home

सुनसरीमा आज ३७ जना कोरोना सङ्क्रमित थपिए

शुक्रबार ०२, असोज २०७७

धरान । सुनसरीमा शुक्रबार (आज) ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार बराहाक्षेत्र नगरपालिकामा ११ जना, धरानको बीपीका ३ जना, इटहरीमा २३ जना सहित ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ सय ४ पुगेको छ ।