बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

शुक्रबार ०२, असोज २०७७

काठमाडौं । शुक्रबार (आज) सुनको मूल्य प्रतितोला चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार तोकिएको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको छ। बिहीबार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ।

यस्तै चाँदीको मूल्य आज एक हजार तीन सय ३० तोकिएको छ।