भानुभक्त अचार्यको कविता हिन्दी भाषामा अनुवाद

Newslaya Home

भानुभक्त अचार्यको कविता हिन्दी भाषामा अनुवाद

बिहीबार ०१, असोज २०७७

काठमाडौं । आदिकवि भानुभक्त अचार्यको कविता हिन्दी भाषामा अनुवाद गरेर प्रकशित गरिएको छ ।

विश्व हिन्दी दिवसका अवसरमा बिहीबार आदिकवि आचार्यका कविता हिन्दीमा अनुवाद गरेर प्रकाशित गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत दूतावासले आदिकवि आचार्यका कविता हिन्दीमा गरिएको अनुवादको संग्रह सार्वजनिक गरिएको जनाएको छ ।

कविताको हिन्दी अनुवाद गोपाल अस्कले गरेका हुन् । आदिकवि भानुभक्त आचार्यका कविता अब हिन्दी भाषामा पनि पढ्न पाइने भएको छ ।

twit bhanu.PNG