घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

बिहीबार ०१, असोज २०७७

काठमाडौं । बिहीबार(आज) सुनको मूल्य तोलामा नौ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।