मेस्सीको गोलमा बार्सिलोनाको सहज जित

Newslaya Home

मेस्सीको गोलमा बार्सिलोनाको सहज जित

बिहीबार ०१, असोज २०७७

एजेन्सी । कप्तान लियोनल मेस्सी र फिलिप्पे काउटिन्होको गोलमा बार्सिलोनाले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले जिरोनामाथी ३–१ गोलको सहज जित निकालेको हो ।

जोन क्रुफ स्टेडियममा भएको खेलमा बार्सिलोनाको जितका लागि मेस्सीले दुई गोल गरे । त्यस्तै काउटिन्होले एक गोल र एक असिस्ट गरेका थिए । जिरोनाका लागि सामुएल साइजले एक गोल फर्काएका थिए ।

खेलको २१ औं मिनेटमा बार्सिलोनाले अग्रता बनाएको थियो । ब्रानिलियन प्लेमेकर काउटिन्होले फ्रान्सिस्को ट्रिनकाओको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा अन्तिम मिनेटमा कप्तान मेस्सीले गोल गरे । उनले काउटिन्होको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै जिरोनाले गोल अन्तर घटाएको थियो । ४६ औं मिनेटमा जिरोनाका मिडफिल्डर सामुएलले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याएका थिए । तर, ५१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे ।

उनले सर्जी रोबर्टोको पासमा गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको सहज जित दिलाएका थिए ।