बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु

Newslaya Home

बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु

बुधबार ३१, भदौ २०७७

काठमाण्डौ । भारतको बिहार राज्यका विभिन्न जिल्लामा वर्षासँगैको चट्याङमा परी १५ जनाको ज्यान गएको छ ।

यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति घाइते भएको जनाइएको छ ।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारलाई चार लाख भारतीय रुपैयाँका दरले राहत रकम दिने घोषणा गरेका छन् ।