विराटनगरस्थित गोल्डेन अस्पतालमा बन्धक बनाइएका दुई जनाको उद्धार

Newslaya Home

विराटनगरस्थित गोल्डेन अस्पतालमा बन्धक बनाइएका दुई जनाको उद्धार

बुधबार ३१, भदौ २०७७

काठमाडौं । विराटनगरस्थित गोल्डेन अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी बन्धन मुक्त भएका छन् ।

छिमेकीको कुटाइबाट घाइते उनीहरुले उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक भएका थिए । उपचार खर्चवापतको १ लाख २५ हजार तिर्न नसक्दा सप्तरीको अग्निसाइर कृष्ण सावरन गाउँपालिका–६ का उनीहरुलाई अस्पतालले बन्धक बनाएको थियो ।

प्रदेश २ का मुख्य न्यायाधिवक्ताले अस्पतालमा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र उनीहरुलाई घरसम्मको एम्बुलेन्स खर्चको पनि व्यवस्थापन गरिएको जनाएका छन् ।

सदा दम्पत्तिमाथि कुटपिट गर्ने दीना साह भने तारेखमा छुटिसकेका छन् ।