राजस्थानमा डुंगामा दुर्घटना हुँदा ११ जनाको मृत्यु

Newslaya Home

राजस्थानमा डुंगामा दुर्घटना हुँदा ११ जनाको मृत्यु

बुधबार ३१, भदौ २०७७

काठमाण्डौ । भारतको राजस्थानस्थित चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।

बुधबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा पनि छन् । यो डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि ४० जना मानिस चढेको जानइएको छ ।

घटनालगत्तै स्थानीयले यात्रुहरुलाई बचाउने कोसिस गरेका थिए । तर पानीको बहाव तेज भएका कारण केही मानिस बगेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार उनीहरु कमलेश्वर धाम जाँदै थिए ।