कुलमानको समर्थनमा विराटचौकमा पर्दशन

Newslaya Home

कुलमानको समर्थनमा विराटचौकमा पर्दशन

बुधबार ३१, भदौ २०७७

विराटचौक । मोरङको विराटचौकमा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा शान्तीपूर्ण प्रदर्शन गरिएको छ ।

साझा पार्टीको युवा संघठन साझा युवा संघठनले योग्यता र क्षमता हुँदा हुँदैपनि उनलाई प्राधिकरणको कार्यकारी निर्देशनकमा निरन्तरता नदिइएको भन्दै बुधबार (आज) सरकारविरुद्ध लेखिएको पम्लेट बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

नेपाललाई लोडसेडिङ मुक्त गराएका घिसिङ भदौ २८ गतेवाट पदमुक्त भएका हुन् । उनको मंगलबार विद्युत प्राधिकरणले विदाइ गरेको थियो ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।