सुनसरीमा ६२ जना कोरोना संक्रमित थपिए

Newslaya Home

सुनसरीमा ६२ जना कोरोना संक्रमित थपिए

बुधबार ३१, भदौ २०७७

इटहरी । सुनसरीमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरानमा २७ जना, इटहरीमा २४ जना, भोक्राहामा २ जना, गढी गाउँपालिकामा ५ जना, कोशी गाउँपालिकामा ४ जना गरी जम्मा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुनसरीमा अहिले सम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ६ सय १० पुगेको छ भने ७ जनाको मृत्यु भएको छ । जिल्लामा अहिले सक्रिय संक्रमित ७ सय २ जना रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।