झापामा लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

Newslaya Home

झापामा लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

बुधबार ३१, भदौ २०७७

झापा । झापाको मेचीनगर नगरपालिका–१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।

लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका–५ का २७ बर्षीय पवन कुमार वसाकलाई मंगलबार राती पक्राउ गरेको हो ।

मे १ प ९९७२ नम्बरको मोटरसाईकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुबै जनालाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा १२ ग्राम ब्राउनसुगर बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।