कोरोना पोजिटिभ देखिएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

Newslaya Home

कोरोना पोजिटिभ देखिएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

बुधबार ३१, भदौ २०७७

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

गत भदौ २३ गते कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।