उदयपुरमा छौडिया खोलाले बगाएर एक जनाको मृत्यु

Newslaya Home

उदयपुरमा छौडिया खोलाले बगाएर एक जनाको मृत्यु

बुधबार ३१, भदौ २०७७

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ की ६० बर्षीया तिलमाया पुलामी मगरको खोलाले बगाएर मृत्यु भएको छ ।

मुर्कुची बजारबाट घर फर्कदै गरेको अवस्थामा बाटोमा रहेको छौडिया खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।