बहराइन राजकुमारसहित १८ जनाको टोली हिमाल आरोहण गर्ने आइपुगे नेपाल

Newslaya Home

बहराइन राजकुमारसहित १८ जनाको टोली हिमाल आरोहण गर्ने आइपुगे नेपाल

बुधबार ३१, भदौ २०७७

काठमाडौ । बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली बुधबार नेपाल आएको छ । लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित विशेष विमानमार्फत सो टोली नेपाल आएको हो ।

टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना समेत रहेका छन् । यस्तै अन्य २ जना रहेका छन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार सो टोलीले लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्य लिएको छ । टोली शेख इशा एयरबेसबाट विशेष विमानमा मंगलबार राति नेपालका लागि प्रस्थान गरेको थियो ।