विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

Newslaya Home

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

बुधबार ३१, भदौ २०७७

मोरङ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पित्तथैलीको शल्यक्रियाका लागि आएकी बेलबारी–९ बाहुनीकी ६४ वर्षीया महिलाको उपचारका क्रममा मंगलबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको सोमबार स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा मंगलबार पोजिटिभ रिपोर्ट आएको थियो । मोरङमा हालसम्म कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३० पुगेको छ ।