कोशी र तमोरमा बाढीको संभावना, सचेत रहन आग्रह

Newslaya Home

कोशी र तमोरमा बाढीको संभावना, सचेत रहन आग्रह

बुधबार ३१, भदौ २०७७

इटहरी । कोशी र यसका सहायक नदीमा बहाव बढ्न सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहन सुचना जारी गरेको छ ।

महाशाखाको बाढी पूर्वानुमान शाखाका अनुसार कोशीको मुख्य सहायक नदी तमोरमा बहाव बढ्दो छ। धनकुटाको मूलघाट नजिक तमोरको जलसतह सतर्कता विन्दु नजिक पुगिसकेको छ।

यता मौसम पूर्वानुमान शाखाले प्रदेश १ मा आज रातिदेखि भोलिसम्म भारी वर्षाको संभावना रहेको जनाएको छ। अहिले भने देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।