विपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

Newslaya Home

विपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

बुधबार ३१, भदौ २०७७

धरान । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
 
२८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज (बुधबार) विहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
 
प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । सप्तरीका युवकसँगै प्रदेश–१ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । तीमध्ये १४ जना प्रदेश–२ र ३६ जना प्रदेश–१ का छन् ।