लाखौंको सुन लिएर सुन पसले भागे, धितो राख्नेहरुमा रुवाबासी

Newslaya Home

लाखौंको सुन लिएर सुन पसले भागे, धितो राख्नेहरुमा रुवाबासी

बुधबार ३१, भदौ २०७७

विराटनगर । धितोमा राखेको सुनचाँदी लिएर मोरङको बुढीगंगा गाउँपालिका १ टंकीसिनवारीस्थित ‘चन्दा ज्वेलर्स’ का संचालक दम्पत्ती फरार भएका छन् । किटानी जाहेरी परेपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

संचालकहरु चन्दन स्वर्णकार र संगीता स्वर्णकार फरार भएका हुन् । उनीहरूले बुढीगंगा गाउँपालिका भित्रका सयौंको संख्यामा धितो राखेको लाखौंको सुनचाँदी लिएर फरार भएको पीडितहरूले बताएका छन् ।

करिब एक सय जनाले आफू ठगिएको गुनासो गरेका छन् । लाखौं रकम ठगिएपछि सर्वसाधारण ग्राहकमा रुवाबासी मच्चिएको छ ।

लकडाउनले गर्दा समस्या भएपछि सुन धितो राख्नुपरेको सर्वसाधारणले बताए । २४ प्रतिशत ब्याजमा धितो राखेकोमा सुन लिएर व्यवशायी भागेपछि समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।

स्वर्णकार दम्पतीले बोक्ने मोबाइल नम्बर स्वीच अफ गरेका छन् भने फेसबुक एकाउण्ट पनि डिएक्टीभ गरेका छन् ।