धरानमा आगलागी, दुई पसल जले

Newslaya Home

धरानमा आगलागी, दुई पसल जले

बुधबार ३१, भदौ २०७७

धरान । धरान–१ युरेका लाइनका आगलागी हुँदा दुई पसल जलेका छन् । एक चिया पसल र आइरन गर्ने पसलमा आगलागी भएको हो ।

प्रहरीका अनुसार देवी राउतको टिनको छाना भएको चिया दोकान र मोहम्मद सालीनको आइरन गर्ने पसलमा क्षति पुगेको हो । दुवैको गरेर अढाई लाख रुपैया बढीको क्षती भएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

साढे १२ बजेतिर सुरु भएको आगलागी करिब एक बजेतिर नियन्त्रणमा आएको थियो । आगलागीको कारणबारे खुल्न सकेको छैन ।