१५ कामदारलाई कोरोना संक्रमण पुष्टि भएपछि कटहरीको एमटेक मेड प्रालि बन्द

Newslaya Home

१५ कामदारलाई कोरोना संक्रमण पुष्टि भएपछि कटहरीको एमटेक मेड प्रालि बन्द

बुधबार ३१, भदौ २०७७

विराटनगर । मोरङको कटहरी गाउँपालिकास्थित एमटेक मेड प्रालि बन्द भएको छ । १५ कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उद्योग बन्द भएको गरिएको हो ।

‘उद्योगका १ सय ८० कामदारको पीसीआर परीक्षण गराउँदा १५ जनालाई कोरोना भाइरस पोजिटिभ देखिपछि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगका सञ्चालक मनिष अग्रवालले बताए । बन्द उद्योगलाई डिसइन्फेक्टेड (निर्मलीकृत्र) गर्ने काम भइरहेको छ। सबैतिर डिसइन्फेक्टेड गरेपछि मात्रै उद्योग चल्नेछ ।

संक्रमित १५ जनामध्ये एक जनालाई श्वासप्रश्वासमा गाह्रो भएको हुँदा कोशी अस्पतालको कोभिड अस्पताल युनिटमा भर्ना गरिएको छ भने बाँकी घरमै छन् ।