बुधबार बिहान ४१ मिनेटको फरकमा दुई धक्का

Newslaya Home

बुधबार बिहान ४१ मिनेटको फरकमा दुई धक्का

बुधबार ३१, भदौ २०७७

काठमाडौं । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहान ४१ मिनेटको फरकमा दुई परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भई बुधबार बिहान ६ बजेर १० मिनेटमा ३.८ रेक्टर स्केलको परकम्प दोहोरिएको हो ।

यसअघि बिहान ५ः१९ मा राम्चे केन्द्रविन्दु भई ६ रेक्टर स्केलको परकम्प भएको थियो । भूकम्प मापन केन्द्रका अनुसार बुधबारको धक्का नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।