पूर्वी नेपालमा बिहानै भूकम्पको धक्का

Newslaya Home

पूर्वी नेपालमा बिहानै भूकम्पको धक्का

बुधबार ३१, भदौ २०७७

इटहरी । एकाबिहानै पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार बिहान ५:२० मिनेटको समयमा पूर्वी नेपालका साथै राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोक केन्द्र बनाएर ६ रेक्टरस्केलको भूकम्प गएको जनाइएको छ ।

दुई पटक सम्म धक्का महसुस भएको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रियाहरू आइरहेका छन् ।