विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

Newslaya Home

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

मङ्गलबार ३०, भदौ २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।

कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

मंगलबार उर्जामन्त्री वर्षमान पुनले निमित्त कार्यकारी निर्देशकमा कोइरालालाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।
कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए । उनी वरिष्ठताका आकारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।